मतदान गरेर सुत्न जाने हैन, आँखा झिमिक्क नगरी मतपेटिका कुर्नुहोलाः अध्यक्ष ओली
काठमाडाैं | बैशाख २६, २०७९
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै अध्यक्ष ओलीले भनेका छन् ‘सतर्क हुनुहोला, धाँधली हुनेमा चनाखो हुनुहोला ।’ गठबन्धनले मत पाएर हैन मतपेटिकामा चलखेल गरेर जीत्ने इतिहास बनाएका छन् भन्दै चनाखो हुन आग्रह गरेका हुन् ।
‘भोट हालेर घर जाने हैन, काम सकिएको हुँदैन’ ओलीले भने ‘सुत्ने हैन, आँखा झिमिक्क नगरी मतपेटिकाको आसपास बस्नुहोस् नत्र मन्दिरमा प्रसाद चोर्ने बाँदरजस्तै यता पनि ५ वटा हुल आउनसक्छ ।’
सम्बोधनकै दौरान ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाइहरु (जनता)को सरकार हुनेछ ।
सोहीक्रममा कांग्रेसको आलोचना गर्दैै ओलीले युवाहरुलाई मलेसिया हैन देशमै रोजगार दिने, व्यवसायी बनाउने भन्दै देशमा अवसरको सृजना गरिदिने नीति रहेको बताए ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै ...
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

